काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले बिशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन्। उनले भने, राष्ट्रिय सभा र प्रतिनिधि सभाका समानुपाति उम्मेदवार टुंग्याएपछि माघ ६ गतेपछि महाधिवेशन बोलाउँदा उपयुक्त हुनेछ।
डा. कोइरालाले पार्टीभित्र सबैको मनोभावना सम्बोधन हुनेगरी महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू पनि त्यसमा सक्रिय हुने बताए। उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने कुरा पनि स्पष्ट पारे। भेटमा ३० भन्दा बढी केन्द्रीय सदस्य सहभागी थिए। उनीहरूले पार्टीभित्रको विवाद समाधान गर्न मध्यमार्गी विकल्प अपनाउन डा.कोइरालालाई आग्रह गरे।