काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयान दिन सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकसँग ती घटनाका विषयमा आयोगले सोधपुछ गर्न लागेको हो। आयोगले उक्त घटनासम्बन्धी बयानका लागि पुस १३ गते उपस्थित हुन पत्र पठाएको थियो। सोही अनुरूप लेखक आज आयोगको कार्यालयमा पुगेका हुन्।
आयोगको पत्र प्राप्त भएपछि आफू बयान दिन जाने जानकारी उनले यसअघि नै पार्टी नेतृत्वलाई गराइसकेका थिए। बयान प्रक्रिया सम्पन्न भएपछि लेखकले पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेका छन्। जेनजी आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको उनको भनाइ छ।