काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरुलाई पनि मतदानका लागि भित्र पठाइएको हो ।
मतदानस्थलमा अध्यक्षका उम्मदेवार केपी शर्मा ओली आइपुगेपछि मतदान सुरु भएको हो । अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल भने बिहानै आएर मतदातासँग मत मागिरहेका थिए ।
हिजै बिहान १० बजे मतदान शुरु हुने सुरुवाती तालिका भए पनि समय सर्दै अबेर राति ९ बजे तय भएको थियो । तर, उम्मेदवारको संशोधित सूचीका कारण विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्न ढिलाइ र फन्ट सपोर्ट नगरेको कारण आज बिहानलाई सारिएको हो ।
३०१ सदस्यीय केन्द्रीय कमिटी चयनको छिनोफानो गर्न २ हजार २ सय ६३ प्रतिनिधि भृकुटीमण्डपमा भेला भएका छन् । केही सदस्य भने निर्विरोध भइसकेका छन् । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ ।