काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका निम्ति आज (पुस १) बेलुका ७ बजेदेखि मतदान गरिने भएको छ । पार्टीको निर्वाचन आयोगले बेलुका ७ देखि राति १ बजेसम्मको मतदान तालिका सार्वजनिक गरेको छ ।
आयोगले यसअघि आजै दिउँसो २ बजेदेखि मतदान थाल्ने तयारी गरेको थियो । तर, आन्तरिक तयारीका कारण मतदानको समय पछि सारिएको हो ।विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । प्राविधिक टोलीले तयार पारेको क्रमसंख्यासहितको नामावली तलमाथि परेपछि पुनः मिलाउँदा समय लागेको एमाले निर्वाचन आयोगले जनाएको छ ।
