काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनको निर्वाचन पुस १ गते हुने भएको छ। आइतबार केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको हो। सार्वजनिक भएको तालिकामा पुस १ गते मतदात हुने उल्लेख गरिएको छ। त्यसदिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
आज सात बजेपछि मतदाता नामावली प्रशासन गर्ने, भोलि बिहान ८ बजेदेखि ९ बजेसम्म दाबी विरोध र सुधार गर्ने समय तोकिएको छ।साढे ९ बजेपछि मतदाता नामावलीमाथि परेको दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने तालिका छ।त्यसमाथि छानबिन गर्ने र निर्णय गर्ने समय समय १० बजेसम्म तोकिएको छ।
