काठमाडौँ । नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने भएका छन् । नयाँलाई अवसर दिने भन्दै उनीहरू प्रतिस्पर्धाबाट पछि हटेका हुन् । नेकपा एमालेकी उपाध्यक्ष शाक्यले भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले पार्टीभित्र चुनाव नलड्ने बताएकी हुन् ।
उनले भनिन् ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’विधि र विधान सम्मत चलौँ, नेताले फराकिलो मन बनाउनुस्, पार्टीलीई नीति प्रदान बनाऔँ, मुख्य कुरा विधि हो । मैले अध्यक्ष कमरेडसँग भएको कुरा स्मरण गर्न चाहन्छु , ७० पुगेपछि मैले काम गर्दिन भनेको थिएँ, उहाँले सँगै बिदा लिऔँला भन्नु भएको थियो ।’
यस्तै अर्का उपाध्यक्ष ज्ञवालीले पनि महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरे । उनी पनि ७० वर्षे उमेर हदको वकालत गर्दै आएका छन् ।