काठमाडौं । एसएसपी विश्व अधिकारी डिआईजीमा बढुवा सिफारिस भएका छन् । वरियतामा पहिलो नम्बरमा भएर पनि तत्कालिन आईजीपी चन्द्रकुवेर खापुङले कार्तिक ९ मा भएको बढुवामा छुटाएका एसएपी अधिकारीको बढुवा सिफारिस भएको हो । आईजीपी दानबहादुर कार्कीले जेनजी आन्दोलनको बहानामा बढुवा दाबेदारको अग्र स्थानमा रहेका अधिकारीलाई अहिले आएर न्याय दिएका हुन् ।
कार्तिक ९ मा नेपाल प्रहरीका ५ जना एसएसपीहरू डीआईजीमा बढुवा सिफारिस हुँदा अधिकारी छुटेका थिए ।आज बसेको बढुवा समितिको बैठकले बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौडा, मकवानपुरमा दरबन्दी रहेका अधिकारीलाई बढुवा सिफारिस गरेकोक हो ।

यो पनि पढ्नुस् :-
डिआईजीको एक पद रिक्त, एसएसपी अधिकारीले पाउलान त न्याय ?