चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन अनिवार्य भएको बताएको छ। शुक्रबारबाट चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्र्दै निर्वाचन अनिवार्य भएको बताएका हुन् ।
प्रतिवेदनमा ‘दलीय व्यवस्थामा विशेष परिस्थितिका कारण गैर९दलीय सरकार बनेको छ, निर्वाचन गराउने मूल दायित्व बोकेको सरकारले चुनावी वातावरण निर्माणमा निरन्तर सचेत र खबरदारी गर्नुपर्ने छ। लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास राख्ने राजनीतिक दललाई पनि चुनावप्रति प्रतिबद्ध हुन प्रोत्साहित गर्न आवश्यक छ ।
यस्तै रास्वपाले तत्कालीन संसदका तीन ठूला दलले सत्तालाई ‘म्युजिकल चेयर’ बनाउँदा जेनजी आन्दोलन भएको ठहर गरेको छ।