काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ दर्ता गरेको छ। प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रियसभामा पहिलो विधेयक दर्ता भएको हो। अन्तरिम सरकारले ल्याएको यो पहिलो विधेयक हो।
यो विधेयक अर्थमन्त्री रामेश्वर खनालले प्रस्तुत गरेका हुन्। प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो ।