काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् । मंगलबार (कात्तिक १८) ललितपुरमा पत्रकार सम्मेलन गरी उनले उक्त नामक अभियान घोषणा गरेका हुन् ।
पारदर्शितालाई आत्मसात् गर्ने, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका समस्याप्रति प्रतिबद्ध रहने गरी अभियान घोषणा गरिएको उनले बताए । राजनीतिलाई व्यापारका रूपमा बुझ्न थालिएको उनले उल्लेख गरे ।पत्रकार सम्मेलनमा शर्मासँगै माओवादी नेता राम कार्की र अन्जना विशुंखे पनि देखिएका छन् ।
माओवादी, नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न आठ दलरसमूहबीच पार्टी एकताको सहमति गरिएको छ । शर्मा उक्त पार्टी एकताको विपक्षमा छन् । एकतामा आफू संलग्न नहुने उनले बताउँदै आएका छन् ।