बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दाको सुनुवाइ बुधबार पनि स्थगित भएको छ । लामिछानेसँग तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ पनि स्थगित भएको छ ।
तुलसीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश ओमप्रसाद अर्याल र तेजनारायण पौडेलको इजलासमा सुनुवाइ तोकिएकामा जोशीका कानून व्यवसायीले स्थगित गर्न आग्रह गर्दै निवेदन दिएपछि लगाउमै रहेको लामिछानेको सुनुवाइ पनि स्थगित भएको हो ।
यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशी समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।