काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको चुनाव सफल बनाउन अपिल गरेकि छन् । संविधान दिवसको अवसरमा आज काठमाडौँको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने प्रतिवद्धता व्यक्त गरिन् ।
उनले निस्पक्षरूपमा चुनाव सम्पन्न गरी ६ महिनाभित्र जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने उल्लेख गरे । जेन–जी युवाको नेतृत्वमा भएको आन्दोलनको मार्गदर्शन अनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ सालको अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएको हो ।