काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार मृतकको संख्या ३४ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, भेरी अस्पतालमा पाँच, एभरेष्ट अस्पतालमा तीन, फ्रन्टलाइन अस्पतालमा तीन, केएमसी अस्पतालमा दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई, बयोधा अस्पतालमा दुई, बीएनसी अस्पतालमा एक, त्रिवि शिक्षण अस्पतालमा एक र इलाम अस्पतालमा एकजनाको मृत्यु भएको छ ।
“विभिन्न अस्पतालमा एक हजार ३६८ जनाको उपचार भइरहेको छ । हालसम्म ९४९ जना डिस्चार्ज भएका छन् । ६४ घाइतेलाई अन्य अस्पतालमा रिफर गरिएको छ,” उनले भने ।
