काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । हिजो जेन– जीको आन्दोलनमा भएको घटनाबारे छलफल गर्न आज सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले जानकारी दिए ।
त्यस्तै, बैठकले नयाँ बानेश्वर घटनाको स्वतन्त्र न्यायिक छानबिन समिति बनाउन माग गरेको छ । हिजो जेन–जीले गरेको आन्दोलन हिंसात्मक हुँदा १९ जनाको मृत्यु भएको थियो ।