काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । कांग्रेसका एक पदाधिकारीका अनुसार, उनले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् ।
जेनजीले काठमाडौंसहित देशभरका विभिन्न शहरमा गरेको प्रदर्शनका क्रममा १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि चौतर्फीरुपमा गृहमन्त्रीसहित सरकारको आलोचना भइरहेको छ । जेनजी प्रदर्शनलाई लिएर कांग्रेस केन्द्रीय सदस्य प्रा.डा.गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।