काठमाडौँ । जेन जीको आन्दोलन उग्र भएपछि सुनसरीको इटहरी तथा रुपन्देहीको बुटवल र भैरहवामा पनि कर्फ्यु आदेश जारी भएको छ।जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले दिउँसो साढे ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरीको मुख्य चोक नजिकका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल र भैरहवामा दिउँसो ४ बजेपछि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
