काठमाडौँ । जेन-जी प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ।
बानेश्वरस्थित संघीय संसद् भवनबाहिर सडकमा घाइते भएपछि उपचारका लागि सिभिल अस्पताल पुर्याइएका एक प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको अस्पताल कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले जानकारी दिए।
यसअघि सिभिल अस्पतालमै उपचारकै क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको थियो।