काठमाडौं । छुदेन काविमोको उपन्यास ‘उरमाल’ले २०८१ को मदन पुरस्कार पाएको छ । शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले ‘उरमाल’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
सभाले पाँच दशकदेखि लोकसंस्कृति क्षेत्रमा सक्रिय प्रेमदेव गिरीलाई ‘लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत’ वर्ष २०८१ सालको जगदम्बा श्री अर्पण गर्ने निर्णय गरेको छ । गुठीका अनुसार, मदन पुरस्कार, २०८१ का लागि २९९ पुस्तक प्राप्त भएका थिए ।