काठमाडौँ । २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।
सूचीमा छुदेन काविमोको 'उरमाल', रमेश भुसालको 'छालबाटो' कुमारी लामाको 'दर्ज्यु संलाप,' मनप्रसाद सुब्बाको'पञ्चतत्त्वको पालाम', श्रेयज सुवेदीको'बहुरुपीु, सुधीर शर्माको'भिक्ष', व्यापार र विद्रोह' र तीर्थ गुरुङको 'हिउँको गीत' रहेका छन् । पुरस्कारका लागि २९९ पुस्तक प्राप्त भएको मदन पुरस्कार गुठीले जनाएको छ ।