काठमाडौँ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै पनि गुट नरहेको दाबी गरेका छन् । प्रेस चौतारी ताप्लेजुङले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिङ्गो एमाले एकताबद्ध रहेको बताएका हुन् ।
भट्टराईले देशको आवश्यकताले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सहितको सरकार बनेकोले आगामी निर्वाचनसम्म यही सरकार रहने बताए ।
भट्टराईले संविधान संशोधनको समयमा स्थानीय तहको सङ्ख्या घटाएर र वडाको सङ्ख्या बढाउनुपर्ने धारणा राखे । संविधान संशोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगका सङ्ख्या पनि घटाउनुपर्ने भट्टराईको भनाइ छ ।