काठमाडौं । नेपाल प्रहरीका एसपी नविनकृष्ण भण्डारीले राजीनामा दिएका छन्। प्रहरी जवान हुँदै २०६१ जेठमा इन्स्पेक्टरमा नाम निकालेका भण्डारीले राजीनामा दिएका हुन् । एसपी भण्डारी ७ महिनाअघि मात्र एसपीमा बढुवा भएका थिए।
३० वर्षे सेवाहदका कारण उनले आगामी २० भदौमा अवकाश पाउँदै थिए। उनी गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत थिए । भण्डारीले राजीनामा दिएसँगै रिक्त पदमा डीएसपी वीरेन्द्र थापालाई बढुवा गर्न सिफारिस गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी भएका थापा अहिले प्रहरी वृत्त सिंहदरबारमा कार्यरत छन् ।