काठमाडौं । गृह मन्त्रालयले दुई प्रमुख जिल्ला अधिकारी सहित चार सहसचिवको सरुवा गरेको छ । मन्त्रालयका अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव डा.टोकराज पाण्डेलाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ ।
यस्तै र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेर मन्त्रालयमा जगेडामा रहेका सहसचिव बन्धु बास्तोलालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ ।