काठमाडौँ । विपक्षी दलहरूले बजेट ल्याउने बेला संसद् अवरोध नगर्ने बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक सञ्चालन हुन नसक्ने प्रतिपक्षीको अडानका कारण आज पनि नियमित कारबाहीमा अगाडि बढ्न सकेको छैन ।
भोलि सरकारले बजेट ल्याउने भएकाले सो समयमा भने अवरोध नगर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताए।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) माओवादीले पनि बजेट ल्याउँदा अवरोध नगर्ने बताएको छ । बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट नरोक्ने बताएको उनको सचिवालयले जनाएको छ ।
राप्रपाले पनि अरू अडान कायम रहने तर बजेट नरोक्ने बताएको छ । विपक्षी दलहरूले बजेट ल्याउनेबाहेक संसद्का अरू नियमित गतिविधि भने गृहमन्त्रीको राजीनाम नआएसम्म रोक्ने बताएका छन् ।