काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।
मंगलबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका उनलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको हो ।
अख्तियार स्रोतले उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका आधारमा बुधबार छापा मारिएको थियो । छापा मारिएसँगै उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।