पोखरा । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन्।
गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।
उनले पूर्वराजावादी या अरु कुनैपनि नाममा हुने हुने संविधान विरोधि गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने बताए ।
वर्तमान संविधान ठूलो बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त भएको भन्दै गृहमन्त्री लेखकले यसको रक्षाका लागि प्रत्येक ठाउँहरू तयार हुनुपर्ने बताए ।
गृहमन्त्री लेखकले भने,’आफूलाई मन नपरेको राजनीतिक दल, नेता, सांसद, मन्त्री र प्रधानमन्त्रीसम्मको विरोध गर्न पाइन्छ तर लोकतान्त्रिक र गणतन्त्रात्मक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन। च्यात्न पाइँदैन। फाल्न पाइँदैन।’
वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उनको दाबी छ । गृहमन्त्री लेखकले संविधानभित्रै बसेर विरोध गर्न पाइने तर लोकतान्त्रिक गणतन्त्रको संविधानलाई नै समाप्त गर्न नपाइने बताए।