काठमाडौँ । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । शुक्रवार बिहान काठमाडौँको वसन्तपुरमा चीर ठड्याइएको छ।योसँगै देशभर औपचारिक रूपमा फागु पर्व (होली)सुरु भएको छ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको बसन्तपुरस्थित हनुमान ढोका दरबार अगाडी चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मान्ने प्रचलन छ ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ गते र चैत १ गते परेको छ । फागुन २९ गते हिमाली तथा पहाडी जिल्लामा र चैत १ गते तराई–मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ।