काठमाडौँ । आज बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गरिएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका हुन्।
लिङ्देनले प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यसम्पादन मूल्याङ्कन पनि सार्वजनिक भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयले नै उत्तीर्ण हुने अङ्क नल्याएको भन्दै राजीनामा दिन माग गरे । यस्तै स्वतन्त्र सांसद सिंहले स्वास्थ्य सचिव नियुक्तिका विषयको प्रसंग निकाल्दै स्वास्थ्य मन्त्री पौडेललाई बर्खास्त गर्न माग गरे ।
मन्त्रिपरिषदको बुधबारको बैठकले स्वास्थ्य सचिवमा डा.विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो।स्वास्थ्य सचिव पदका लागि पहिलो नम्बरमा डा. संगीता मिश्रको नाम सिफारिस भएको भन्दै सिंहले मन्त्री पौडेललाई बर्खास्त गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्।