पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कफि शप, रेस्टुरेन्ट र गिफ्ट शप खोल्नका लागि बोलपत्र आह्वान भएको छ।
मंगलबार एक सूचना जारी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बढाबढद्वारा ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकाले इच्छुक संस्था÷फर्म÷कम्पनीलाई फारम पेस गर्न आग्रह गरेको छ।
१५ दिनभित्र ३ हजार ३९० (पछि फिर्ता नहुने)रुपैयाँको दाखिला गरेर सोको सक्कल भौचर कार्यालयमा पेस गरी प्राप्त रसिद, नवीकरण सहितको फर्म दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ।
