धनगढी । कैलालीको जोशीपुरमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
दुर्घटनामा परी भजनी नगरपालिका(९, का १५ वर्सिया चाहाना चौधरी र ४६ वर्सिया दिलरानी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गन्भिर घाइते दुवै जनाको घोडाघोडी अस्पताल सुखडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयक प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।
सुगरखालबाट भजनीतर्फ गइरहेको से१त ८८७० नम्बरको ट्याक्टर जोशीपुर गाउपालिका-७, हजारीबारा भन्ने स्थानमा सोमबार राती पल्टिएको हो । ३४ जना सवार ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थाहा भएको प्रहरीले जनाएको छ । घाइतेहरुको घोडाघोडि अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।