रौतहट । जङ्गली हात्तीको आक्रमणबाट चन्द्रपुर निवासी एक महिलाको ज्यान गएको छ । घाँस दाउरा लिन नजिकैको जङ्गल पुगेकी चन्द्रपुर–४ निवासी ५० बर्षिया मीना मगरको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
५ जनाको समूहमा घाँस दाउरा लिन घर भन्दा ४ किलोमिटर पश्चिमपूर्वको जङ्गलमा पुगेकी मगर लाई हात्तीले आक्रमण गरेको ईलाकाप्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
मगर लाई हात्तीले आक्रमण गरेपछि उनी सँगै जङ्गल पुगेका अरु भागेर ज्यान जोगाउन सफल भएका छन् ।