काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका शान्ति तथा मानव अधिकार सल्लाहकार गोविन्द बन्दीले राजीनामा दिएका छन् ।
पूर्वकानूनमन्त्री समेत रहेका बन्दीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी राजीनामा दिएका हुन् ।वकालत पेशामा फर्किनका लागि आफूले राजीनामा दिएको उनको भनाइ छ ।