काठमाडौ । ओम नेशनल एकेडेमी कलेजबाट प्रवीणता तह उतिर्ण गरेका पुर्व अध्ययनरत विद्यार्थी रंजित गुप्ताले नेपाली सेनाको लेफ्टिनेन्टमा लोक सेवाबाट नाम निकाले पछि कलेजले उनलाइ सम्मानित गरेको छ।
गुप्ताले नेपाली सेनाका लेफ्टिनेन्ट (इलेक्ट्रोनिक्स इन्जिनियर)मा पहिलो नम्बरमा नाम निकाल्न सफल भएका थिए। ओम नेशनल एकेडेमी (+२) कलेजका निर्देशक डा.लालबाबु यादवले आफ्नो कलेजका छात्र रञ्जित गुप्ताले नेपाली सेनाको लेफ्टिनेट जस्तो पदमा नाम निकाले र कलेजको नाम उच्च बनाएको बताए।
उनले जीवनमा थप उत्तरप्रगतिको शुभकामना समेत दिएका थिए। 'सम्मान ग्रहण गर्दै रञ्जित गुप्ताले भने, 'यस कलेजबाट अध्यन गरि धेरै मैले धेरै कुरा सिक्न पाएको छु। यस कलेजका प्राध्यापक लगायत सम्पुर्ण शिक्षकले मलाइ पढाइ लगायत विभिन्न कुरामा मेरो होसला बढाउनु भएको छ।'
यस कलेजको वातावरण एक्दमै विद्यार्थी अनुकुल रहेको छ। यस कलेजले मलाइ सम्मान गरेको प्रति अभार समेत प्रकट गरेका छ्न। मधेसी समुदायबाट पहिलो चोटि मै नेपाल आर्मीको प्रबिधिक उप-सेनानीमा नाम निकाल्न सफल भएका छ्न।