काठमाडौँ । मुख्यसचिव शंकरदास वैरागीले उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा उनले उपभोक्ताको हितमा वस्तु तथा सेवामा सुधारका लागि कानुनी, नीतिगत संरचना बनाइने बताए । उनले यसका लागि तीन वटै तहसँग सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उनले दुर्गम क्षेत्रका नागरिकमा पनि उपभोग्य वस्तु तथा सेवाबारे सचेतना पुर्याउनु जरुरी रहेको भनाइ राखे ।