काठमाडौं। ट्राफिक नियम मिच्दा हुने गरेको जरिवाना बढी भएको भन्दै सवारी चालकले विरोध जनाएका छन्।
काठमाडौंको माछापोखरी, नयाँ बसपार्क बाइपास क्षेत्रमा सवारी चालकले गाडी नै सडकको बीचमा रोकेर विरोध जनाएका हुन्।
ट्राफिक नियम मिच्दा हुने जरिवाना बढी भएको भन्दै सवारी चालकले विरोध जनाएका हुन्। नयाँ व्यवस्थाअनुसार ट्राफिक नियम मिच्दा पाँच सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गर्दै आएको छ।
प्रदर्शनकारीले प्रहरीको भ्यानसमेत जलाइदिएका छन्। सडकमा टायर बालेर प्रदर्शन गरिएको छ भने प्रहरीमाथि मजदुरहरूले इँटा र ढुंगा प्रहार गरेका छन्। प्रहरीले पनि लाठीचार्ज गरेको छ।
यातायात क्षेत्रका मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्।

