धनगढी। संरक्षित चरी बाघको छालासहित कैलालीमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अछामको चौरपाटी गाउँपालिका –५ का १८ वर्षीय सुवास बोहरा र सोही ठाउँका १७ वर्षीय सुनिल बोहरा रहेका छन्।
प्रहरीले उनीहरुलाई सोमबार बिहान गोदावरी नगरपालिका–२ बसपार्कबाट छालासहित पक्राउ गरेको हो। पक्राउ परेकाको साथबाट पुच्छरसहित तीन फिट लम्बाई र ५ इन्च चौडाइ भएको छाला बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइने प्रहरीले जनाएको छ।
चरी बाघलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ।