काठमाडौँ । 'जनयुद्ध दिवस' मा सरकारले दिएको बिदामा केहिले असन्तुष्टि जनाएको छ ।माओवादी 'जनयुद्ध' सुरू भएको दिनमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको हो। सरकारको सो निर्णयमा केहीले तीव्र असन्तुष्ट जनाएका छन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको यो निर्णय आपत्तिजनक भएको बताएका छन्। यस्तै एमाले नेता योगेश भट्टराईले पनि असन्तुष्ट जनाएका छन् ।
‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समष्टि र उच्चतम सफलता तथा गौरव स्वरूप गणतन्त्र र संविधान दिवस मानिँदै आएको छ, अरू सबै यसकै अधीनस्थ हुनु,’ भटराईले प्रश्न गरेका छन्, ‘फेरि अलग अलग बिदा किन ?मुलुकलाई अनावश्यक वैचारिक धुर्बिकरणमा नफसाऔँ।’ उनले सामाजिक सञ्जालमा असन्तुष्टी जनाएका हुन् ।
यस्तै सांसद रामहरि खतिवडा,संविधानविद् भीमार्जुन आचार्यले पनि सरकारको सो निर्णयमा असन्तुष्ट व्यक्त गरेका छन् ।
यो पनि पढनुस् :-
भोलि देशभर सार्वजनिक बिदा