काठमाडौँ । सशस्त्र प्रहरी बीओपी वीरगन्जले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित माघ २९ गते एक जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट सोही महानगरपालिका १६ इनर्वा बस्ने २५ वर्षीया प्रवेश कुमारलाई नियन्त्रणमा लिएको हो ।
बीआर ०५ एभी ३४७७ नम्बरको मोटरसाइलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनले हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।