वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–१४ डाँडाखर्कस्थित बारी र खरबारीमा आगलागी हुँदा एक स्थानीयको मृत्यु भएको छ।
आगलागीका कारण बेहोस भएका स्थानीय टीकाराम कुँवरको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारको क्रममा मृत्यु भएको हो।
स्याङ्जाका प्रहरीका अनुसार घर नजिकैको खरबारीमा लागेको आगो घरतर्फ आउन लागेपछि ६५ वर्षका कुँवर बेहोस भएका थिए।