पोखरा। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अत्यधिक मुल्य वृद्धिका कारण व्यवसायीलाई मर्का परेको बताएका छन्।
नेपाल निर्माण व्यवसायी संघ कास्कीको २९ औ साधारण सभाको उद्घाटन गर्दै सिंहले सप्लायर्स चेङमा देखिएको गिरावटले व्यवसायीहरुलाई समस्या परेको बताए। सिंहले निमार्ण व्यवासयीले निमार्ण सम्पन्न गरेका योजनाहरुको सरकारले भुक्तानी गर्न नसकेको पनि गुनासो गरे।
उनले निमार्णको काममा लामो समयदेखि अवरोधहरु आएको बताए। असारमा १२औं संशोधन, निर्वाचन, पुसमा क्रसरमा सरकारले लगाएको बन्देजलगायतले निर्माणमा अवरोध भएको बताए।
नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष खिमप्रकाश मल्लले पुस्तान्तरण हुनुपर्नेमा जोड दिए।
नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिलकाजी गुरुङले निर्माण व्यवसायीका समस्या समाधान गर्न व्यावसायिक एकताको आवश्यकता रहेको बताए।
कार्यक्रममा व्यवसायीका छोराछोरीबाट एसईई परिक्षमा उत्कुष्ट अङ्क ल्याउनेलाई पुरस्कुत गरिएको छ। त्यस्तै संरक्षक तथा अग्रज व्यवसायीहरुलाई पनि सम्मान गरिएको छ।