विराटनगर। भारतीय गाडीको ठक्करबाट सुरक्षागार्डको मृत्य भएको छ।
विराटनगर भन्सार कार्यालय (आईसीपी) नजिकै भारतीय नम्बरको लहरीको ठक्करले आईसीपीमा सुरक्षागार्डको रुपमा कार्यरत झापा मेची नगरपालिका–१३, चारआलीका ४५ वर्षीय राजन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
भारतीय नम्बर प्लेटको एनएल ०२ जी ८९५२ नम्बरको लहरीले मे १० प ९१६१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको थियो। चालकको खोजी भइरहेको छ।