पोखरा । पोखराको लेकसाइडस्थित लेकसाइड सेन्टरमा आगलागी भएको छ। लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज सुपरमार्केटको सोरुमबाट शनिबार अपराह्न ३स्४५ देखि सुरु भएको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन ।आगो नजिकका अन्य पसलहरूमा पनि सल्किएको छ ।
आगो नियन्त्रणका लागि अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीको टोली खटिएका छन् । दुईवटा दमकल र तीनवटा ट्याङकरको सहायताबाट आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।