दमक। झापामा आफ्नै सुरक्षाका लागि थापेको विद्युतीय धरापमा परेर एक ब्याक्तिको मृत्यु भएको छ ।
दिनहुँ आउने जङ्गली हात्ती रोकथामका लागि घरमा थापेको विद्युतीय धरापमा परी बिर्तामोड नगरपालिका वडा नं. ७ स्थित बाह्रघरेका ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
शुक्रबार राती शौच गर्न बाहिर निस्कने अवस्थामा आफैले बनाएको विद्युतीय धरापमा श्रेष्ठ आफै परेको जनाइएको छ । श्रेष्ठले जङ्गली हात्तीबाट जोगिन घर वरिपरि बिजुलीको करेन्ट लगाएका थिए।