जनकपुरधाम । निहारिका सिंह राजपुत र शिवराज श्रेष्ठले शुक्रवार जनकपुरधामको जानकीमन्दिर विवाहमण्डपमा विवाह गरेका छन्।
शुक्रबार जानकी मन्दिरमा गएर दुवैजना वैवाहिक बन्धनमा बाँधिएका हुन्।आफूलाई कुमारी आमा भनेर चिनाउने निहारिका सिंह राजपुतले आफ्नै श्रीमान् शिवराजमाथि बलात्कारको मुद्दा दायर गरेकी थिइन्।
निहारिकाले जन्माएको छोरा शिवराजकै रहेको डिएनएबाट पुष्टि भएको थियो। दुवैको सम्बन्धबाट जन्मेको छोराको भिडियो कलबाट निहारिका र शिवराज पुनः जोडिएका हुन्।