काठमाडौं। त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन्।
थाइ स्माइल एयरलाइन्ससँग घूस मागेको अडियो प्राप्त भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई शुक्रबार निलम्बन गरेको हो।
घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिएका छन्।
उनलाई पदबाट निलम्बन गर्न मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको छ भने थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने विज्ञप्तिमा उल्लेख छ।
