काठमाडौँ । पिटिइको सेन्टरमा परीक्षार्थी घटेका छन् । काठमाडौँ भन्दा बाहिर ५ वटा ब्रान्च र नेपाल भरी १० वटा ब्रान्च रहेको सो सेन्टरमा अष्ट्रेलियाको भिसा रेटमा गिरावट र अष्ट्रललिया जाने विद्यार्थीहरूको कमी भएका कारणले परीक्षार्थी घटेको पिटीइ सेन्टरका नेपाल प्रमुख सुमन श्रेष्ठले बताए ।
उनका अनुसार पिटिइको रेट घटेका कारण पिटिइ सेन्टरहरूमा पनि परीक्षा दिनेहरू पनि कमी भएको जनाएको छ ।
अहिले सेप्टेम्बर पछि जम्मा ८०/९० जनाको मात्रै टेष्ट भएको उनले जानकारी दिए । आजको भोलि नै वा सोही दिनमा पनि मिति दिन सक्ने बताएको छ । अष्ट्रेलिया जाने विद्यार्थीहरू घटेसँगै पिटिइको सेन्टरहरू घटाउन सक्ने जनाएको छ ।