काठमाडौं। काठमाडौंको विभिन्न स्थानमा तास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित बाल्टिन होटलबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय केदार खड्कासहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई नगद एक लाख ३३ हजार ५० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, काठमाडौं महानगरपालिका–९ बिजयचोकबाट तास खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने अछाम साँफे नगरपालिका–४ घर भएका ४० वर्षीय निरज शर्मासहित नौ जना पक्राउ परेका छन्।
सोही ठाउँमा कोठा भाडा लिई निरज शर्माले जुवातास खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ८९ हजार ४८० रुपैयाँ र दुई बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
स सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।