काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्रीसमेत रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी छन्।
बैठकमा यसअघि गत बिहीबार र शुक्रवार दुई दिन बसेको स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डा, राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा पार्टीको नीति, सरकार सञ्चालनसहित समसामयिक विषयमा छलफल हुनेछ।