काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न बालेन आज बिहान बालुवाटार पुगेका हुन् ।डोजर आतंक मच्चाएको भन्दै हिजोमात्रै बालेनविरुद्ध काठमाडौंमा प्रदर्शन भएको थियो ।