काठमाडौं । भूकम्प आउने हल्ला चलेपछि जुम्ला,मुगु र बाजुराका बासिन्दा रातभर बाहिर बसेका छन्।
भूकम्पको हल्ला फैलिएपछि स्थानीय घर छाडेर खेतबारी र सडकमा बस्न बाध्य भएका हुन्। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले भूकम्पको हल्ला फैलाउनेलाई कानुनी कारबाहीमा ल्याउन स्थानीय प्रशासनसमक्ष माग गरेका छन्।
कांग्रेस नेता समेत रहेका पूर्व मुख्यमन्त्री शाहीले नागरिकहरूमा त्रास बढेको भन्दै यस्ता भ्रमात्मक हल्लाको पछि नलाग्न समेत आग्रह गरेका हुन्।