काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
उनीहरुबीच आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटका लागि ओली बालुवाटार पुगेका हुन्।
जारी भेटवार्तामा समसामयिक विषय, नागरिकता विवाद समाधान भएपश्चात् रवि लामिछानेलाई पुनः उपप्रधानसहित गृह मन्त्रालयमा ल्याउने वा नल्याउने, राष्ट्रपति निर्वाचनलगायतका विषयमा कुराकानी भइरहेको छ।
पछिल्लो समय राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको धारणप्रति एमाले असन्तुष्ट छ भने ओलीले आफूलाई चौतर्फी घेराबन्दी पारेको भन्दै प्रचण्डले असन्तुष्टि जनाइरहेका छन्।